लहान, ४ चैत्त । लहान नगरपालिकाका मेयर महेश चौधरी र नेपाल पत्रकार महासँघ सिरहाका निवर्तमान सभापति दिनेश्वर गुप्तालाई “लहान मेरी चिल्ड्रेन एकेडेमी हाई स्कूलले सम्मान गरेका छन् । योसँगै लहान ६ का वडाध्यक्ष रमेश गौतमलाई समेत सम्मान गरिएको छ ।
मेरी चिल्ड्रेन एकेडेमीको २५ औं बार्षिकोत्सव (एलएमसी एक्पो २०७९)चैत्त ३ गतेको कार्यक्रममा समाजिक रुपान्तरण विशेष योगदान पुर्याएको बापत मेयर चौधरीलाई कदरपत्र र दोसाला ओढाएर सम्मान गरेका छन् । समाजमा विशेष योगदान दिए वापत वडाध्यक्ष गौतमलाई सम्मान गरिएको छ ।
मेरी चिल्ड्रेन एकेडेमीका संस्थापक बौद्धिक व्यक्तित्वका पाण्डव हमालका सभाध्यक्षतामा भएको सो कार्यक्रममा राजनीति, सामाजिक सेवा,खेलकुद विकास, एवं पत्रकारिताको संरक्षण सम्बद्र्धन र विकासमा निरन्तर सक्रियसँगै कालाकारिताक्षेत्रमा योगदान पुर्याए वापत दिनेश्वर गुप्तालाई दोसला र कदरसहित सम्मान गरिएको छ ।
यसैगरी, अतिथिहरु ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला भट्ट, सुदिप चौधरी , धरणीधर अधिकारी, विनोद सिंह, अम्बे मिश्र, आलम खान, पत्रकार विनोद मण्डल, रहमुल, रानी पाल, हेमशंकर पासमानलगायत विद्यार्थी अभिभावकको विशेष उपस्थिति थियो । आयोजकपक्षका संस्थापक प्रिन्सिपल उर्मिला हमाल, सहायक प्रिन्सिपल रञ्जु सिंह र सिईओ आयुष हमाल ठकुरीको विशेष सक्रियता रहेको थियो ।
कार्यक्रमको उद्दघाटन पानसमा बत्ती बालेर नगर प्रमूख महेश चौधरीले गर्नु भएको थियो । राष्ट्रिय गान धुनसहित कार्यक्रमलाई औपचारिकता दिएका थिए । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । स्थापनाकालदेखि आफ्ना शैक्षिक वातावरणको सिर्जनासँगै गुणस्तरीय शिक्षा दिनमा खेलेको योगदानको उच्च प्रशंसा नगर प्रमूख चौधरीले गर्नुभयो ।
शिशु कक्षादेखि ५ बर्षसम्मका बालबालिकाले आ आफ्ना कला स्टेजमा प्रस्तुत गरेका थिए । कार्यक्रम स्थलमा विधार्थीहरुले आफ्ना मिहिनेतले बनाएका बिभिन्न किसिमका सामाग्रीसमेत प्रदर्शन गरिएको थियो । पहिलो दिनको कार्यक्रममा विद्यार्थीका अभिभावकहरू आ आफना जातीय पहिरनमा कार्यक्रममा सहभागी भएका थिए । सञ्चालित कार्यक्रम लगातार दुई दिनसम्म चल्ने विद्यालय प्रशासनले जनाएको छ ।