नवसंग्राम दैनिक
लहान, १९ पुस । उपचारको अभावमा मृत्यू भएकी आमाको प्रहरीको निगरामा छोराले लहानमा दाहसंस्कार गरेका छन् । सिरहा कारागारमा रहेका पति र छोरा प्रहरीको निगरानीमा दाहसंस्कारमा सहभागी भएका छन् ।
सिरहाको लहान नपा– ५ का रामदेव यादव र छोरा दिपेन्द्र यादव दाहसंस्कारमा सहभागी भएका हुन् । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५५ वर्षीय रामदेव यादवको पत्नि र छोरा वर्ष २५ को दिपेन्द्र यादवका आमा शुक्रबार राती मृत्युु भएपछि दाहसंस्कारमा आएका थिए ।
यादव परिवार निकै गरिब र सुकुम्बासी परिवारका हुन् । आर्थिक अभावका कारण उपचार गराउन नसक्दा आमाको मृत्यु भएको दिपेन्द्र यादवले बताए । आफूहरू पनि आर्थिक समस्याकै कारण अहिलेसम्म पुर्पक्षमा बुबा छोरा कारागार बस्नु परेको बताए । गत वर्ष भदौ ३ गते लहान प्रहरीले सुराकीको आधारमा घरमा लागुऔषध रहेको थाहा पाएपछि घरबाटै बुबा छोरालाई पक्राउ गरेका थिए । तर लागुआौषधी भने उनीहरुको साथमा थिएन । अरु कसैले फसाउने गरी बारीमा लागु औषधी राखेको कारण श्रीमान र ससुरालाई पक्राउ गरी मुद्दा चलाएको दिपेन्द्रको श्रीमतीले बताइन् ।
उनले आँशु झार्दै भनिन्, कसले कुन कारणले यसरी हामीलाई फसाए थाहा भएन । हामी गरिब परिवार कता जाऊ ? के गरौं ? सम्म थाहा छैन् । कसैले पहल गरिदिए आभारी हुने बताइन् ।
उनले थपिन्, सासुको मृत्युपछि आर्थिक अभावले गुजारा टार्ने समेत समस्य रहेको । र, अरुको घरमा भाडा मस्काएर जीवन निर्वाह गर्नु परेको पनि बताइन् ।