नवसंग्राम दैनिक https://www.youtube.com/shorts/u1Dx6JIGbNY
लहान, ९ कात्तिक । चर्चित गायक गुरुदेव कामतको स्वरमा एउटा मिठासभरी गीत रेकर्डिगँ भएको छ । शास्त्रीय संगीत क्षेत्रमा नेपालकै टप गायक कामत दशैं दीपावली तथा छठ् पर्वको विदामा घर फर्किएका बेला कात्तिक ८ गते लहानको एमएस सिरिज स्टुडियोमा गीत रेकर्डिगँ गरिएको छ ।
माझी रे पार .......गीत लेखन अर्जुन दर्दिलाले गरेका छन् । गीत लेखनमा सिपालु दर्दिलाको आग्रहमा वरिष्ट गायक कामतले मैथिली भाषामा सो गीतमा स्वर दिएका छन् । कामतले मैथिली, भोजपुरी, नेपाली, हिन्दी भाषामा करिब ४ सय गीतमा स्वर दिइसकेका छन् । काठमाण्डौमा शास्त्रीय संगीतको स्कूल खोलेर बस्दै आएका कामतका अधिकाँश विद्यार्थी गायक नेपालका टप छन् । आज रेकर्डिगँ गरिएको गीतको मिक्सिँग पारस मणीले गरेका छन् । आज रेडिँग भएको गीतको १५ सिकेन्ड क्लिीप समाजिक सँजालमा भाइरल भएको छ । सौगात एफएम ८८.१ नामक चाइनलमा राखिएको क्लिीप एक घण्टामा हजारबढी भ्युज आएको छ । गीतको लागि https://www.youtube.com/shorts/u1Dx6JIGbNY