नवसंग्राम दैनिक
लहान, ८ कात्तिक । लहान नगरपालिकाले सोमवार स्वास्थ्यक्षेत्रमा अनुगमन गरेको छ ।
लहान नगरपालिका उपमेयर रामचरित्र महतोका अगुवाइमा गरिएको अनुगमनमा प्रादेशिक अस्पताल र सप्तऋषि अस्पतालमा म्याद गुज्रिएको औषधी तथा पौष्टिक आहार फेला पारेको छ ।
म्याद गुज्रिएको औषधी तथा पौष्टिक आहार नष्ट गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । उपमेयर महतोले ‘सातदेखि १० दिनको समय दिएको छु ।’ ‘प्रादेशिक अस्पताल र सप्तऋषि अस्पतालले सबै खाले औषधी व्यवस्थापन गरियोस् ।’ ‘अस्पताल जस्तो संवेदनशिल स्थलमा यस्तो फोहोर हुनु हुँदैन ।’ ‘म्याद गुज्रिएको औषधी राख्नु हुँदैन ।’‘अर्को चोटी यस्तो फेला परियो भने कारवाहीकै दायरामा लैजाने’ उपमेयर महतोले बताए । अस्पतालमा शौचालय र विरामी रुममा फोहोर तथा व्यवस्थापनको कमि रहेको अनुगमनकर्ताले ध्यानाकर्षण गराएका थिए । अनुगमन टोलीमा उपमेयरसहित स्वास्थ्य अधिकृत जगदीश मण्डल, पत्रकारहरु रहेका थिए ।