नवसंग्राम दैनिक
लहान, २ कात्तिक । लहान १३ घले टोलकी प्रभादेवी मण्डल खत्वे साढे ९ लाख तिरेपनि घडेरी जग्गा कप्ले भनिने कप्लेश्वर मण्डलले आफ्नो नाम नामसारी गरे । मामा पर्ने कप्लेश्वरले प्रभादेवीका पति दुखी मण्डलले विदेशबाट कमाएको र थप ऋणकर्जा गरि साढे ९ लाखमा ७ धुरघडेरी किनिदिन्छु भनेर मालपोत पुग्दा उनले आफ्नो नाममा नामसारी गराए । स्थानीय धनमन्ती यादवबाट खरिद गरिएको जग्गा भदौ २४ गते कप्लेश्वरले आफ्नो नाममा दर्ता गर्दा प्रभादेवीलाई साक्षी राखी रजिट्रेष्न पास गराए । उता, विदेशबाट पति दुखि फर्किदा लालपूर्जा माग गर्न जाँदा कप्लेश्वरले नकारेपछि घटना सार्वजनिक भएको हो । प्रभादेवीले ‘लालपूर्जा माग गर्दा कप्लेले मलाई कुटपिट गरी बलात्कारको प्रयास गरे ।’‘प्रहरीमा उजुरी दिए, अहिलेसम्म न्याय पाइन् ।’ सुकुम्वासी तथा अपढ प्रभादेवीलाई विभिन्न बहान बनाएर कप्लेश्वर शोषण गर्दै आएका थिए । योसँगै लगाएको रकममा कप्लेश्वरले जग्गा ठगि गरे । उता, कप्लेश्वरले ‘पाँच धुर जग्गा उनको ससुराले बेइमानी गरेको’ दावी गरे ।