दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, १९ असोज । धार्मिक अनुष्ठानको नाममा उद्योगी व्यापारीले व्यापार बढाएको छ । राजनीतिक व्यक्तिले नेतागिरी जमाएको छ । आज यो अवस्था सिरहाको लहान ७ स्थित रहेको दुर्गास्थलको कथा बनेको छ ।
दुर्गा मन्दिरमा चढाएको करोडौ रकमको हिसावकिताव दुरुस्त नहुँदा स्थानीयवासी आक्रोशित भएका छन् ।
श्रद्धालु भक्तजनले दुर्गा मन्दिरमा यो बर्ष ८० तौला सुन चढाएको छ । चाँदी त्यो भन्दा बढी रहेको छ । कपडालता, चन्दा, नगद, बली, पर्सादसहित लाखौको आम्दनी भएको छ । यस्तो आम्दानी दशकोदेखि हुँदै आएको छ । त्यो करोडौ रकम अलपत्र अवस्था छ । समितिका सदस्यहरुले त्यो सुन रकम नीजि व्यापारमा प्रयोग गर्दै आएको छ । कति नेताले नीजि प्रयोग गर्दैछन् ।
स्थानीयले ‘यो रकम कोषमा जम्मा हुनुपर्ने हो ।’‘तर, उनीहरुले व्यक्ति व्यक्तिलाई जिम्मा दिएको छ ।’‘करोडौ रकमको विना व्याज व्यापारमा प्रयोग गरिरहेको छ ।’‘यो भ्रष्टाचारी नै हो ।’ ‘यस्तालाई यथाशिघ्र छानविन गरी कारवाही गर्नुपर्छ ।’ समाजिक सञ्जालमा स्वराज विक्कीले ‘वक्वास कुरा बन्द गर्नुस्, तपाईलाई के हिसाब चाहियो ? आउँनुस् मेलापछि मन्दिर परिसरमा सबै जानकारी दिन्छु ।’ लहान ५ का दिनेश पासमानले ‘जब सम्म देखिने अनुहार फेरिदैन तबसम ब्रहमलुट चलिरहन्छ ।’
अर्का स्थानीय मनिष सहनीले ‘मन्दिरको आम्दानी त्यस समितिका अध्यक्ष, सदस्यलगायत त्यहाँ रहेका पसलेहरुले चलाउँने गरेको छ ।’ ‘धर्मको नाममा बह्मलुट गरिरहेको छ ।’‘तिनीहरुलाई कारवाही गर्नुपर्छ ।’‘दुर्गामन्दिरको आम्दानीलाई बैंकिँग कोष खडा गर्नुपर्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।