नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 18, 2022
बाख्रामा रमनको बह्मलुट, अनुदानमा ब्याज असुली
 दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, २ असोज । ‘बाख्रामा बह्मलुट गरेपछि ऋणिमाथी थप पिडा हुने नै भए’ धनगढीमाई १२ का विक्रम ठकुरी बताउँछन् । 
ठकुरीले ‘ करिब ५ हजार पर्ने बाख्रा २० हजारको दरमा दिएको छ ।’‘ चालिस हजारको एउटा बोका जसको करिब १३ किलो वजन होला ।’‘सेवाग्राहीको सहमतीमा खरिद गर्नुपर्ने बाख्रा तर, संस्थाका रमन साहले आफै किनेर दिएको छ ।’‘ नक्कली वील भर्पाई बनाएर अनुदानको रकम ठगी गरिरहेको यस्ता कर्मचारीलाई कारवाही हुनुपर्छ की पर्दैन ? ठकुरीले प्रश्न गर्छन् । ग्रामिण उद्यम तथा विप्रेशन आयोजना समृद्धि जनकपुरको सहयोगमा धनगढीमाई साना किसान कृषि सहकारी संस्था लि. धनगढी १० ले आफ्ना २२ शेयर सदस्यलाई आधा अनुदानमा बाख्रा वितरण गरिएको छ । 
   सहकारीले प्रति सदस्य ७ लाखको कार्यक्रम अन्तरगत खोरको लागि ३ लाख ५० हजार खर्च गरिएको छ । बाख्राको लागि ३ लाख ५० हजार खर्च देखाएर नक्कली बील भर्पाई गरि हिसाब मिलान गरेको छ । 
चन्द्रकला पौडेल दंगालले ‘ऋण हामीमाथी खोर बनाउँने समान आफैले खरिद गरि बील भर्पाई गरेका छन् ।’‘सहकारीका रमनले खोर बनाउँन शुरु गरेदेखि नै ब्याज शुरु गरेको छ ।’‘जहाँ खोर बनाउँन आठ महिना लगाएको छ ।’‘ त्यसमा पनि कमसल समाग्री प्रयोग गरेर खोर बनाएको छ ।’ ‘ सात आठ केजीको बाख्रा पनि पटक पटक गरेर दिएको हो ।’ ‘त्यो १३ बाख्रा मध्ये ७ वटा मरिसकेको छ ।’ ‘ढेड महिना भए होला, रहेको बाख्रामा दश बाह्र हजारको औषधी नै लागिसकियो ।’ ‘ब्याज चलिरहेको छ । त्यसमा पनि  औषधी खर्च कहाँबाट ल्याउँने थप समस्या भएको ऋणि दंगाल बताउँछीन् । 
सहकारीले बोयर जातको बाख्रा, खोरसहित डिजिटल तराजु, कुट्टीकटा मेशिन र दाना दिएको छ । धनगढीमाई १२ कुसमा सिमलटोकी ठटीया र धनगढीमाईको भार्लेनी गरी २२ शेयर सदस्यलाई बाख्रा पालनको कार्यक्रम दिएको छ । उनीहरुबाट ब्याज मात्रै मासिक साढे २२ सय रुपैयाँ सहकारीले लिदै आएको छ । प्रत्येक खोरमा बाख्रा मरिरहेको छ । बाख्राको बीमा गरिएको छ । बीमाले चाहेको रकम उपलब्ध गराउँने पक्षमा छैन । अर्कातीर उनीहरुको ब्याज निरन्तर चलिरहेको छ । बाख्रा मरिरहेको छ । अर्कातीर  ब्याज जर्बजस्ती लिने गरेकोले ऋणीहरुमाथी ब्रजपात खसे सरह छ । 
धनगढीमाई साना किसान कृषि सहकारी संस्था लि.का रमन साहले ‘यो कार्यक्रम हैटोडाको एक सँस्थामार्फत गरिएको छ ।’‘उनीहरुले नै किनेर बाख्रा पठाएको हो ।’‘खोर श्रमिकले बनाएको हो ।’‘यो १ करोड ६२ लाखबढी हो ।’ रमनले हैटोडाको संस्था भनिएपनि ऋणब्याज बुझाउँने बुकमा ग्रामिण उद्यम तथा विप्रेशन आयोजना समृद्धि जनकपुरको सहयोग लेखिएको छ ।    


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी