नवसंग्राम दैनिक
लहान १५ भदौ । समाजिक विकृतिसँगै टिनेज समूह यो समाजिक सञ्जालको कारण डिप्रेशनमा पर्दै गएको भन्दै सिरहासहित मधेशमा टिकटक बन्द गर्न सरकारसँग माग गरेको छ ।
सामाजिक सञ्जालहरुको चरम दुरुपयोगले समाजमा नकारात्मक असर पुर्याएको भन्दै आज सिरहाका युवाहरुले टिकटक प्रतिबन्धको माग गर्दै सिडियोलाई ज्ञापनपत्र बुझाएको छ ।
समाज अमर्यादित,अनुशासनहीन र अश्लील बन्दै गएको भन्दै मधेशमा युवाहरूको जमातले टिकटकविरुद्ध सशक्त अभियान थालेका छन् । युवाहरुको यो कदम सराहनीय रहेको मानव अधिकारकर्मी राजकुमार राउत बताउँछन् ।
उनीहरू सरोकारवाला सरकारी निकायहरूमा ज्ञापनपत्र बुझाउँदै, अश्लील टिकटकरहरुको अकाउन्ट बन्द गराउँदै अभियानलाई अगाडी बढाइरहेका छन् ।
‘टिकटक बन्द संघर्ष समितिनै बनाएर केही युवाहरुले आज जिल्ला सिरहाको प्रशासन र प्रहरी कार्यालयमा पनि ज्ञापनपत्र बुझाइएको छ । केहि दिन अघि टिक–टक बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख र जलेश्वर नगरपालिका प्रमुखलाई टिक–टक बन्द गराईदिनको लागि ज्ञापन पत्र समेत बुझाएको सिरहा युवा संजाल जनाएको छ ।
हिजो (आइतबार) पनि रौतहटबाट केही युवाहरुको संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् ।
टिक–टक बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाममा बिरोध प्रदर्शन साथैसाथ जनकपुरधाम उप–महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको छ ।