नवसंग्राम दैनिक
लहान, १३ भदौ । शारिरीक यातनालगायत यौन उत्पीडनविरुद्ध आयशा खातुनले आज ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी छन् । आयशाकी विवाह भएको केही दिनमै शारिरीक यातना मात्र नभइ ससुरा र देवरले यौन उत्पीडन गर्न दवाव दिन थालेको आरोपमा प्रहरीमा उजुरी दिएका छन् ।
आयशा भन्छिन् —‘ससुराको सेवा गर्न सासुको दवावमा एउटा कोठा थुनिदिए ।’‘सासुले बाहिरबाट ढोका लगाइदिए ।’ ‘देवरले विभिन्न वाहना बनाएर मलाई अश्लिल क्रियाकलापमा फसाए ।’ ‘ पटक पटक अश्लिल क्रियाकलाप गरी शारिरीक यातना समेत दिए ।’ ‘आफु नमान्दा जर्बजस्ती गरे ।’ ‘मेरा पति उनीहरुकै पक्षमा रहँदा माइती सम्पर्क गर्न खोजे’ ‘तर, सम्पर्क गर्न समेत दिएन ’‘ हप्तौसम्म घरमा थुनेर राखे ’ ‘म चोरीलुकी एक जनासँग मोवाइलमार्फत माईतीमा सम्पर्क गरे ।’ ‘त्यसपछि थप यातना दिन थाले ’‘कुटपिट गर्दा मेरो करन्गको हडड्ी भाँचियो ।’ ‘टाउँकोसहित शरिरभरी फलामे रडले कुटपिट गर्दा दूई हप्ता अस्पतालमै भर्ना रहे ।’ ‘ प्रहरीमा उजुरी हाल्न पनि दिएन, स्थानीयको दवावमा अल्झाएर राखे ।’‘एक महिनापछि आज लहान प्रहरीमा उजुरी हाले ।’‘उचित न्यायको लागि प्रहरीसँग अपेक्षा गरेको छु ।’
भारत लौकहाको डुवरवौना माइती रहेकी आयशाकी लहान १९ छर्रापट्टीका समरुलसँग २०२१ जनवरी २२ मा विवाह भएको थियो । देवर नइम र ससुरा फुलचन हुन् ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीले उजुरी आएको हो । यसवारे अनुसन्धान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाउँने बताए । उता, आरोपितपक्षले भन्नेजस्तो घटना नरहेको जिकिर गरेको छ ।