नवसंग्राम दैनिक
लहान, ११ भदौ । सिरहाका नीजि विद्यालयहरु भदौ १० गतेदेखि संचालनमा आएको छ । भदौ ९ गते लहानमा पत्रकार सम्मेलन गर्दै ६ देखि कक्षा १२ सम्मको पठ्नपाठन भौतिक रुपमै सँचालन आउँने एन प्यावसनका केन्द्रीय सल्लाहकार पाण्डव हमालले बताए । कोरोना संक्रमणबाट सम्भावित जोखिम नहोस भनेर विद्यालयमा स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गरेर संचालनमा आएको हो ।
नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र व्याव्सनका जिल्ला अध्यक्ष लालबाबु रायले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरी विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यालय बाहेक क्षेत्रहरुमा पूर्ण रुपमा जस्तै खुला भएको अवस्थामा विद्यालय बन्द गर्न नहुने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ति जारी गरेपछि भदौ १० गतेदेखि सिरहाका अधिकाँश विद्यालय संचालनमा आएको छ ।