नवसंग्राम दैनिक
लहान, १२ साउन । कर सम्बन्धि विचार, व्यवस्था र सहयोगको लागि लहानमा साउन ११ गतेदेखि एएनजी ट्याक्स कन्सल्टेन्सी संचालनमा आएको छ । पेन्टागन काँलेज काठमाण्डौमा २०१२ मा बोर्ड फ्स्ट भएका सिए आशिष गुप्ताको विशेष अगुवाईमा लहान ७ स्थित घण्टाघर चौकमा सो कन्सल्टेन्सी संचालनमा आएको हो ।
संचालक सिए गुप्ता भारतको टाटा कम्पनीमा कार्यरत रहँदा आफ्नो घर फर्किएको बेला लहानक्षेत्रमा ट्याक्स कन्सल्टेन्सीको अभाव खड्कीएको महसुस गरी सो कन्सल्टेन्सी सँचालनमा ल्याएको हो ।
जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले आज एक कार्यक्रममा कार्यालयको गेटमा लगाएको रातो रिवन काटेर उद्घाटन गरिएको छ । सो कार्यक्रममा अति हिन्दुवादी शुशिलचन्द अधिकारीलगायत दर्जनौ व्यापारीको सहभागी रहेको थियो ।
संचालन गरिएको सो कन्सल्टेन्सीले अडिट, ट्याक्सेस, इन्टरनल अडिट, , स्टाटस अडिट, ट्याक्स अडिटलगायत कर सम्बन्धि कारोबारलाई व्यवस्थापन गरिने सिए गुप्ताले बताए ।
एएनजी चार्टर अकाउन्टेस फर्मको नामबाट लहानमा संचालनमा आएको हो । कोशीदेखि कमला नदीसम्म र सोलखुम्बु गरी ६ जिल्लाको सेवाग्राहीले लहानमा कर सम्बन्धि काम गर्न गराउँने गरेकोले यो कन्सल्टेन्सीले उल्लेखनीय कर व्यवस्था गर्न सकिने लक्ष्य लिएको प्रमेश्वर साहले बताए ।