जयनाथ यादव
लहान, १४ साउन । सिरहाको नवराजपुर ४ नहरनिया रामजानकी मन्दिरका महन्थमाथी स्थानीय केही व्यक्तिले कुटपिट गरी दुव्र्यहार गरेको छ ।
स्थानीय दूई चार व्यक्ति अनुकुल महन्थले काम नगरेको भन्दै चरित्र हत्या र दुव्र्यवहार गरेको हो । मन्दिरको महन्थ शुभनारायण बाबाका अनुसार महात्मा संन्त बनेको हुन्छ । भगवानको सेवा गर्न जब भगवानलाई भोग लगाउन पुजा बन्द हुन्न भने हामीलाई कष्ट हुन्छ । समाजलाई राम्रो र सहि बाटो देखाउनको लागि मठ मन्दिर रहन्छ । जब मान्छेले अफ्नै स्वार्थ पुराको निम्ती मन्दिरलाई अशान्त बनाएपछि समस्या हुन्छ । जब साधु सन्तमाथी यस्तो निन्दनीय घटना घट्छ । यो मन्दिर मेरो पुर्खाहरु स्थापना गरेको हो स्थानियको सहयोगमा उहाहरु नै मन्दिरको हेरचाहा गरेको थियो । हाल म महन्थ भएर हेरचाह गर्दैछु ।
असार २९ गते सोमबारका दिन साझं करिब ८ बजे तिर अचानक गाउंमा कोलाहल भयो । मन्दिरबाट बाहिर निस्केर एक जना संग सोध्दा के को हल्ला हो उसले भन्यो केही छैन त्यतिकै हल्ला हुदैछ । एकछिन पछाडी हातमा लठीसहित केही मान्छे जथाभावी गाली गोलौज बाबाजीहरुलाई मार यहांबाट भगा नराम्रो शब्द प्रयोग गर्दै मन्दिर सम्म नै पुग्यो । मारिने डर त्रासले म त्याहांबाट भागेर महाविर थान गए । उनीहरु खोज्न थानासम्म पुग्यो यताउता खोजें नभटेपछि मन्दिर बाट एउटा बाबालाई निकाल दियो । म बस्ने कोठामा ताल्चा लगायो अहिले कहां बस्ने अलपत्रमा परेको छु । किन घटना यस्तो केही जानकारी नै भएन । जिल्ला प्रशान कार्यालय सिरहामा न्यायको लागि निवेदन दिएको छु । सिडियोले न्याय दिलाउँछकी आशा गर्दै छु ।
स्थानिय युवा कासिन्द्र यादवका अनुसार उनीहरुले मन्दिरमा भएको २ वटा गाई भैसीं नै बेच्यो उनीहरुले महन्थको कारण गाउंमा अशान्ति फैलिदै छ ।
मन्दिरको नाम रहेको ६ विघा ३ कटा जग्गा आफ्नो नाममा गराउन आफ्नो अनुसार हुकुमत चलाउन महन्थ उसको अनुकुल नचलेको कारण जर्बजस्ती महन्थ लाई मारपिट चरित्र हत्या गर्न खोजेको छ । स्थानीय युवाले बाबा ७—८ महिनादेखी मन्दिरमा खादैन आफ्नो घर बाट खाना खाएर आउछ र मन्दिर हेरचाहा गर्छ । भगवानलाई सेवा गर्छ यहां खानै दिदैंन समितिले महन्थको रेखदेख गर्दैन कुनै चासो छैन । गाई भैंसी बेच्ने बेला मात्र समिती थियो तर खर्च जोर्नको लागि समिति छैन । भगवान र सेवकको दुर्दसा देखेर हामीलाई असहनीय भएको छ । कुनै जग्गा महन्थले आफ्नो नाममा लिएको छैन । केही मान्छेले आफ्नो स्वार्थ पुरा गर्न महन्थ माथी अन्याय अत्यचार गर्दै गलत आरोप लागाउदै छ ।
स्थानिय विपक्षी आशा राम यादव (डोमा) लक्ष्मण राय र जयनारायण यादवका अनुसार मन्दिरको नाममा रहेको जम्मा जग्गा ९ विघा मध्ये २ विघा १७ कटा महन्थले अफ्नो नाममा गराएको आरोप लागाएको छ । उता जग्गा फिर्ता गर्न महन्थ बस्ने कोठामा ताल्चा लगाए । जग्गा फिर्ता नगरे सम्म महन्थलाई छोडदिन ।