लहान, १४ साउन । सिरहाको विभिन्न शहरबजारमा चल्ने साना,मझौला र ठुला यात्रुबाहक सवारी साधनले सिट क्षमता भन्दा बढी यात्रु राख्दा कोरोना संक्रमणको जोखिम रहेको छ । सिरहाको छिमेकी जिल्ला पूर्वमा सप्तरी र पश्चिममा धनुषामा कोरोना संक्रमण उच्च छ । समयमा सचेत नभए सिरहामा पनि कोरोना संक्रमण सँख्या बढ्ने अवस्था छ । पुर्वपश्चिम लोकमार्गमा चल्ने यात्रुबाहक सवारी साधनमा सेनिटाईजर र माक्सको प्रयोग गर्न जोड दिएको छ । जहाँ कोरोनाको कारण गाडी भाडा पनि बढाएको छ । यता, जनगुनासो बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनसहितको चेकिङ्ग टोली सक्रिय भएको छ । ट्राफिक टोलीले सवारी साधनलाई चेक जाँच गर्दा सवारी साधनले बढी भाडा लिने गरेकोले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । माक्स नलागाई हिड्ने चालक, सहचालक, यात्रु, पैदल यात्रु र साईकल यात्री गरी २६१ जनालाई माक्स उपलब्ध गराएको छ । यसैबीच सडकमा सुरक्षा कर्मी मास्क लगाउनु भनेर बसेका छन् । उता, धनगढीमाईको मेदिनिपुरलगायत यस्ता जल लिने ठाउँमा भने बोलबम भनेर भीड छ । त्यसैगरी लहान १६ स्थित काभ्रे महादेवको दर्शन गर्न ठूलो भिड जाने गरेको छ भने सिरहाको अधिकाँश सरकारी कार्यालय , बैकm हाटबजारमा व्यापक भिड रहेको छ । यस्तो भिडले कोरोनाको जोखिम रहेकोले यसप्रति सरोकारवाला निकाय सक्रियता नदेखाएको समाजिक सँजालमा भाइरल भइरहेको छ ।