लहान,८ साउन । कमला र बलान खोलाको बाढी नआएपनि साना खोला तथा ढल निकासी अबरुद्धको कारण सिरहा जिल्ला डुबानमा पर्ने अवस्था छ । लाइफलाईन बाटोमा समस्या छ । सडक बनेको छ । तर, पानी क्रस गर्ने अवस्था छैन । यस्तो अवस्थामा सिरहा डुबान पर्ने निश्चित रहेको कमला सिँचाई आयोजना पोर्ताहा धनुषाका प्रमुख एकराज भट्टराईले बताउँनुभयो । यहाँको पानी भारततर्फ निकास नभएकोले पानी फर्किरहेको छ । जयनगरतर्फ निकास नरहेको र भारतमा रेलमार्ग उचो छ । त्यसले बाँधको काम गरेको छ । यसैले नेपालको गाउँहरु डुबानमा पर्ने अवस्था रहेको प्रमुख भट्टराईले बताउँनुभयो ।
नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ताले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई संकेत गर्दै बाढी पहिरोले यहाँ डुबानको अवस्था छ । यस्तो अवस्थामा प्रदेश २ का मन्त्रीहरुले पूर्वतयारी गर्नुपर्ने थियो । रोग लाग्नु भन्दा रोगको बाटो नै छेक्नु जाती हो । तर, मन्त्रीहरु असारमसान्तको बेला डुबानमा परेको कष्ट पिडा भोगिरहेका अवस्थामा निरिक्षण गर्नु कति जायज हो । यस्तो अवस्थामा जनतालाई मन्त्रीहरुले ठगी बेइमानी गरिरहेको छ । यस्तो अक्षम मन्त्रीहरुले जनताको काम गर्न नसकेकोले यथाशिघ्र पछाडि हट्नुपर्छ । मन्त्रीहरुले राजिनामा दिनुपर्ने सभापति गुप्ताले बताउँनुभयो ।
मन्त्रीहरुले आफ्नै गाउँघरमा योजना राखिने गरेकोले प्रदेश २ जनताको मन्त्री नरहेको सभापति गुप्ताले भन्दै मन्त्रीहरु व्यापक अनियमितामा लागेको छ । साउन ६ गते जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदीपराज कडेलका सभाध्यक्षामा विपद् व्यवस्थापन समितिको बैठक सिरहामा भएको छ । बैठकमा प्रदेश २ का मन्त्रीहरु रामनरेश राय यादव र ज्ञानेन्द्रकुमार यादवको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सिरहाका स्थानीयतहका मेयर तथा जनप्रतिनिधि, विभिन्न संघसंस्था प्रतिनिधिहरु रहेका थिए ।