नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 03, 2018
कथित बोक्सीको आरोपमा महिलालाई कुटपिट, आमाछोरी प्रहरी नियन्त्रणमा
 लहान, १९ पुष । कथित बोक्सीको आरोपमा कुटपिट गर्ने दुई महिला आज पक्राउ परेका छन् । लहान २१ खोरिया टोल बेतहा बस्ने बर्ष ३५ की ईनरदेवी दास र सोही ठाउं बस्ने बर्ष १८ की निलम दासले कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका छन् । उनीहरुले आफ्ना छिमेकी बर्ष ३८ की रितादेवी दासलाई स्थानीयको सहयोगमा रक्तामय गरी कुटपिट गरेको हो । 
पुष १५ गते लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतीर रितालाई गालीगलौज गर्दै उनीहरुले ‘मलाई बोक्सी लगाउंने तिमी नै हो ।’‘ आफ्नो पतिलाई पनि रोगी बनाउंने तिमी नै हो ।’ ‘मेरो घर परिवारमा रोग बसाउंने तिमी नै हो ।’ भन्दै उनीहरुले रितालाई निलमले कपाल समाती पछारेका थिए । उता, निलमकी आमा ईनरदेवीले बांसको लठ्ठी लिएर उनलाई बेसरी कुटपिट गरी रक्तामय पारेको जाहेरीमा उल्लेख छ । उनका पति सिल्टु दासले एक बर्षदेखि मधुमेह रोग लागेर औषधी लिइरहेका छन् । बोक्सीको आरोप लगाउंदै रितालाई निलम र ईनरदेवीले भूईमा पर्छार्दै घिर्सादै बांसको लठ्ठीले कुटपिट गरी नग्याएरको र जिउभरी निलडाम पारेको छ । 
कुटपिट गर्नेपक्षले विगत दूई बर्षदेखि विजुली धामी (झाक्री) लाई बोलाएर घरमा गुहाइर गर्दै आएका छन् । धामीले रितालाई बोक्सी लगाएको भन्दै गाउंमा उनीमाथी उत्पात मचाउंदै आएको छ । 
रितालाई तीन पटक बोक्सीको आरोपमा कुटपिट गर्दा गाउंमै छलफलबाट मिलाउंने  गरेको थियो । यस पटक आफु निर्दोष हु भन्दै कानुनी उपचारको लागि रिताले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । उजुरीका आधारमा कुटपिट गर्नेपक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि एमालेका नेता कार्यकर्ताहरुले आमाछोरी ईनर र निलमलाई थुनामुक्त गराउंन प्रहरीलाई दवाव दिएका छन् । घाईते भएकी रिता दासको उपचार लहान  अस्पतालमा भएको छ भने कुटपिट गर्नेपक्षलाई थुनामुक्त गर्न कसरत भइरहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी