लहान २७ कात्तिक । चिन सुकोमल मोटाएका कुकुर हुन्, भारत दुब्लापातलो कुकुर हुन् । चिन कम्युनिष्ट देश हुन त्यहांका कुकुरलाई खानपिन राम्रो हुन्छ तर स्वतन्त्र रुपमा बोल्ने अधिकार हुंदैन । भारत लोकतान्त्रिक मुलुक हुन त्यहांका कुकुर स्वतन्त्र रुपमा बोल्न पाएकोले दुब्लोपातलो हुने गरेको नेपाली कांग्रेसकी नेतृ तथा पूर्व मन्त्री चित्रलेखा यादवले बताइन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ को चुनावी भेलालाई शनिवार सुखिपुरमा नेतृ यादवले चिनको सुकोमल मोटाएको कुकुर र भारतको दुब्लाएको कुकुरको उदाहरण दिंदै देश बचाउंन लोकतन्त्र बचाउंनुपर्छ । वामगठबन्धनको साम्यवादले देश खतरामा रहेको उनले बताइन् । कुकुरको उदाहरण दिंदै चित्रलेखा यादवले भारतमा नेताले कुर्सी पाउंछ र जनताले अधिकार पाउंने गरेको छ । तर, चिनमा नेताले कुर्सी पाएपछि जनताको जिब्रो काट्ने गर्छ बताइन् ।
यादवले बाम गठबन्धन नेपाललाई पांचौ कम्युनिष्ट देश बनाउंन लागेकोले यसलाई जरादेखि उखालेर फ्याक्नुपर्ने बताइन् । वामगठबन्धन भुतपिसाच हुन, कांग्रेस दीपावलीमा गृह प्रवेश गराउंने लक्ष्मी हुन त्यसैले भोटसंगै यसलाई घर घरमा पसाऔ भन्दै कार्यकर्ताहरुलाई उनले आव्हान गर्नुभयो ।

यादवले गाछ छापका उम्मेदवार रामचन्द्र यादव जनताका छोरा हुन् उनी सहासिक र जनपक्षीय नेता भएकोले विजय गराउंन आव्हान गर्दै जनतालाई नागरिक हक र अधिकार, मौलिक हक र अधिकार दिलाउने त कांग्रेस पार्टी नै हो नि । आज त्यही कांग्रेस पार्टीको जुन बहुदलीय व्यवस्थाप्रतिको मान्यता थियो त्यही मान्यतामा टेकेर अघि बढिरहेको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व मन्त्री सितादेवी यादवले आपसी कलह त्याग गरी जिल्लाका १२ वटै उम्मेदवारलाई जेजस्तो भएपनि विजय गराउंन आव्हान गर्नुभयो । सितादेवीले आफु शान्ति तथा पुनर्निर्माण मन्त्री हुंदा कामै गर्न नसक्ने अवस्थाको शान्ति मन्त्रालय रहेपनि द्धन्द्ध पीडितलाई न्याय दिने काममा सक्रिय रहेको बताउंनुभयो ।
द्धन्द्धकालमा घाइते भएकाहरुलाई राहत उपलब्ध गराएर घाउमा मलहम लगाउंने काम हामीले गरेका छौ । यसले कांग्रेसका उम्मेदवारलाई विजय बनाउंनुपर्ने जरुरी रहेको उनले बताइन् । कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेदवार रामचन्द्र यादवले जनताको समस्या समाधान गर्न म काठमाण्डौदेखि सिरहासम्म मेरो रातदिन खटेको छु । जनताको समस्या समाधान गर्न म अरु सांसद जस्तो मन्त्री खान काठमाण्डौ नबसि आफ्नै जिल्लाका जनताको गाउंमा बस्थिए । आज पनि जनताको हकअधिकार र विकास निर्माणको लागि उम्मेदवारी दिएको बताउंनुभयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शैलेन्द्र यादव र तपेश्वर महतोले विकास निर्माण र जनताको सेवाको लागि हाम्रो उम्मेदवारी हो बताउंनुभयो । कार्यक्रममा हजारौको सहभागिता थियो ।