लहान, १६ पौष । सिरहाको रामपुर पिपरामा पौष १६ गते शनिवार १२ बजेदेखी सद्भावना पार्टीको प्रवेश कार्यक्रम रहेको जानकारीमा आएको छ । सो प्रवेश कार्यक्रमका प्रमुख अतिथी पार्टीका अध्यक्ष तथा मधेशी मोर्चाका नेता राजेन्द्र महतो आउंने हुने भएको छ । मधेशको हक अधिकारको लागि सधैं लडाई लडिरहने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरी मधेश तताउंन सिरहाका ग्रामिण भेगमा आउंने भएका छन् ।