Mar 14, 2015
गोलबजारमा कटुवा पेस्तोल र अबैद्य काठ बरामद
लहान २९ फागुन । ईलाका प्रहरी कार्यालय गोलबजारले शुक्रबार राति अवैध सालको चिरान काठ नियन्त्रणमा लिएको छ ।
गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको गस्ती टोलीले गोलबजार नगरपालिका ६ स्थीत मैनावती खोलाको किनारबाट अवैध २५ क्यूवि चिरान काठ (फेन्टा) नियन्त्रणमा लिएको हो ।
काठ तस्करीहरुले जंगलबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि उक्त काठ छाडी फरार भएका थिए । बरामद काठ आवश्यक अनुसन्धान पश्चात जिल्ला वन कार्यालयमा बुझाइनेछ । केही दिन अघि गोलबजार प्रहरीले एउटा कटुवा पेस्तोल फेला पारेको छ । सो पेस्तोल अयोध्यानगर ६ कसहा स्थित गागन खोला किनारबाट बरामद गरिएको इन्स्पेक्टर सन्तोष निरौलाले बताए । उनका अनुसार गाजा तस्करहरु प्रहरी देखेर हतियार छाड्दै भागेकोले त्यहांबाट सो पेस्तोल बरामद गरिएको बताउंनुभयो । गोलबजार प्रहरीको सक्रियताले यतिबेला त्यसक्षेत्रमा तस्करी, अपराधी घटनामा कमि आएको स्थानीय शुशिल अग्रवालले बताए ।