डिपी गुप्ता
लहान, १० फागुन ‘। समानुपातिक दौडको लागि कछुवा र खरायोको कथामा परिवर्तन ल्याउंनुपर्छ । बाटोमा पानी छ भने कछुवाले पियूटमा बोकेर दौड्नुपर्छ र बालुवामा खरायोले पियूटमा बोकेर दौड्नुपर्छ । अनि समाजिक परिवर्तनको अभाष हुन्छ ।’ ‘लहानमा आयोजित संगोर प्रसारक २०० भाग’को अवसरमा डा.राजेन्द्र विमलले बताउंनुभयो ।
डा.विमलले एकअर्काको विरोध गरेर हुंदैन् ,समाजिक न्यायको कुरा गर्नुपर्छ । कृषि, स्वास्थ्य, शिक्षासहित पौराणिक भाषा संस्कृतिलाई उठान गर्नतर्फ अग्रसर हुनुपर्छ अनि मात्रै अधिकार सुनिश्चित हुने उहांले बताउंनुभयो ।
संगोर नाटकलाई हामी धेरै नजिकबाट हेर्दै छु । यसले समाजमा भइरहेको घटना वैदेशिक रोजगारमा गएपछि उनको परिवारभित्र भइरहेको घटना, केटी भगाउंने , शिक्षा, स्वास्थ्य, कृषिलगायत समाजिक न्यायको उठान गर्दै आएको रेडियो संगोर नाटक बच्चादेखि वृद्धसम्मको लागि मन छुन्ने गरेको डा.विमलले बताउंनुभयो ।
उहां डा. विमलले विभिन्न रंगको वेलुनमा ग्यास भरेर उडायो भने उड्छ तर ‘कालो बेलुन’ उड्ने कि न उड्ने ? यहां जुन सुकै वेलुनमा ग्यास हालेपछि स्वतः उड्ने हो । तर,मधेशीप्रतिको विभेद आज पनि कायम नै छ ।’ उहांले बताउंनुभयो । कार्यक्रम रेडियो समग्र तथा समग्र जन उत्थान केन्द्र लहानका देवराज पोखरेलका सभाध्यक्षतमा भएको थियो भने कविता प्रतियोगितामा प्रथम भएका जीवछ यादव उदासीलाई पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विषयमा करिब एक दर्जन प्रतियोगीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रममा सलहेश नाच, थारु नाच, सडक नाटकलगायत विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रमको बीचमा गहुमलाल भनिने रामनारायण ठाकुरले बडो मजाले जोक दिंदै सहभागीलाई रमाइलो गराउंनुभएका थिए । कार्यक्रममा सर्च फोर कमन ग्राउण्डका अर्जुन उप्रेति, रेडियो समग्रका सुनिल साह, कार्यक्रम संचालिका अनुपमा झालगायतले संगोर नाटकवारे विशेष चर्चा गर्नुभएका थिए ।